के खोरेत (FMD) विरुद्धको खोप लगाउँदा पशुमा साइड इफेक्ट देखिन्छ?
पशुमा लाग्ने खोरेत रोगबाट बचाउन र रोग नियन्त्रण गर्न वर्षमा अनिवार्य रूपमा २ पटक (६–६ महिनाको फरकमा) खोप लगाउनु आवश्यक छ। नेपाल सरकारले प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा निशुल्क खोरेत खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ।
खोप लगाउँदा दुष्प्रभाव (साइड इफेक्ट) देखिन्छ?
• खोरेत विरुद्धको खोप लगाउँदा सामान्यतया पशुमा कुनै दुष्प्रभाव देखिँदैन।
• कहिलेकाहीँ केही पशुमा हल्का देखि गम्भीर प्रकारका प्रतिक्रिया देखिन सक्छन्।
• खोपपछि देखिने हल्का प्रतिक्रिया (सामान्य ज्वरो, सुन्निने आदि) खोपले काम गरिरहेको संकेत पनि हुन सक्छ।
• तर गम्भीर लक्षण देखिएमा तुरुन्तै खोपकर्ता वा नजिकैको पशु सेवा कार्यालयमा सम्पर्क गरी उपचार गराउनुहोस्।
खोरेत एक अत्यन्त संक्रामक रोग भएकाले यसको नियन्त्रणका लागि खोप अनिवार्य छ। पशुपालक कृषकहरूलाई आफ्ना पशुमा नियमित रूपमा खोप लगाई राष्ट्रिय रोग नियन्त्रण अभियानमा सहयोग गर्न हार्दिक अनुरोध गरिन्छ।
यस सम्बन्धमा पशुपालक कृषक तथा सबै सरोकारवालाहरूको जानकारीका लागि यो प्रेस विज्ञप्ति प्रकाशित गरिएको हो।